
सुर्खेत । वीरेन्द्रनगरमा महिलाहरुको न्यायमा पहुँच पु¥याउनका लागि शान्ति परियोजना लागू भएको छ ।
द्वन्द्वपीडित महिला सिमान्तकृत र एकल महिलाको न्यायमा पहुँचका लागि मावन अधिकारका लागि महिला एकल महिला समूह सुर्खेतले वीरेन्द्रनगरका १६ वटै वडामा शान्ति परियोजना लागू गरेको हो ।
एकल महिला, द्वन्द्व पीडित महिला र सिमान्तकृत महिलाहरुको संगठन निर्माण गरेर सशक्तिकरण गर्दै आफ्ना हक अधिकारको लागि आवाज उठाउन सक्षम बनाउने, न्यायमा पहुँच पु¥याउने र आर्थिक सशक्तिकरण गर्दै आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले परियोजना लागू भएको हो । बिहीबार कार्यक्रमको आयोजना गरेर परियोजनाका बारेमा जानकारी दिएको छ ।
एकल महिला समूहकी अध्यक्ष ममता नगालले परियोजनाले द्वन्द्व पीडित महिला, सिमान्कृत महिला र एकल महिलाहरुको अधिकार सुनिश्चित गर्नका लागि पहल गर्ने बताइन् । उनका अनुसार शान्ति परियोजना २०२२ देखि २०२४ डिसेम्बर सम्म लागू हुनेछ । परियोजनाका लागि ३६ लाख ४७ हजार १३४ रुपैयाँ बजेट रहेको उनले बताइन् ।
परियोजनालाई १६ वटै वडाले र विभिन्न संघसस्थाले सहयोग गर्नुपर्ने अध्यक्ष नगालले बताइन् । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले परियोजना महत्वपूर्ण रहेको भन्दै नगरपालिकाबाट पूर्ण सहयोग हुने बताए ।

फरकबाटो १७ चैत्र २०७८, बिहीबार १५:३१