विद्यार्थीहरुलाई वित्तिय साक्षरता सम्बन्धि जानकारी

सुर्खेत । साग्रिला डेभलपमेन्ट बैंक शाखा सुर्खेतले विद्यार्थीहरुका लागि वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम गरेको छ ।

बैंकले मंगलबार बिरेन्द्रनगरमा वित्तिय साक्षरताको महत्व तथा उद्देश्यका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा पछिल्लो समय बैंकले सर्बसाधारणका लागि उपलब्ध गराउने सरल कर्जा प्राप्त गर्ने तरिका र बचतहरूको बारेमा जानकारी दिइएको थियो । शाखा प्रबन्धक सुरेन्द्र बिष्टलगायतले कार्यक्रममा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमा एक सय जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।