
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको केन्द्रिय प्रशासनिक भवन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । पौष ८ गते शुक्रबार भण्डारीले भवनको उद्घाटन गरेकी हुन् ।
भवन उद्घाटन समारोहमा राष्ट्रपति भण्डारी विश्वविद्यालयका ठूला दाता मोतीप्रसाद सापकोटालाई अभिनन्दन सहित कदर पत्र प्रदान गरेकी छन् ।
समारोहमा बोल्दै उनले विश्वविद्यालयको वर्तमान नेतृत्वले अवलम्बन गरेको भ्रष्टाचार विरोधी अभियान, पारदर्शिता, जवाफदेहिता र अन्य विभिन्न क्षेत्रमा सफलता हासिल गरेको भन्दै धन्यबाद दिइन् ।
समारोहमा कर्णाली प्रदेशका प्रदेश प्रमुख मा. तिलक परियारको समेत सहभागीता रहेको थियो । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले समारोहमा विश्वविद्यालयको नीति तथा कार्यक्रमको सङ्क्षिप्त प्रस्तुति सहित स्वागत मन्तव्य राखेका थिए ।

फरकबाटो ९ पुष २०७९, शनिबार २०:०४