शिक्षण विधि सम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठी सुरु

सुर्खेत ।  सेमेस्टरमा मुल्याङ्कन र शिक्षण विधि सम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठि बिहीबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । शिक्षण विधिलाई प्रभावकारी बनाउने उद्देश्यले त्रिभुवन विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा गोष्ठि सुरु गरिएको हो । सुर्खेत मोडेल कलेजले आयोजना गरेको कार्यशाला गोष्ठि तीन दिनसम्म संचालन हुनेछ ।
कार्यशाला त्रिभुवन विशवविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्माको प्रमुख आतिथ्यता, त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य महानन्द चालिसेको बिशेष आतिथ्यता र सुर्खेत मोडेल कलेजका अध्यक्ष पर्शुराम खड्काको अध्यक्षतामा सूरु भएको हो ।
प्रशिक्षकहरुमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्मा, त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्का सदस्य महानन्द चालिसे, मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक रेशम विष्ट र रमेश खत्री रहेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्माले सेमेस्टर प्रणाली चूनौतिको बाबजुत पनि प्रभावकारी बन्दै गएको बताए । उनले अहिले विश्व परिवेशमा नै सेमेस्टर प्रणाली आवश्यक रहेको भन्दै शिक्षकहरुलाई मेहेनत गरेर शिक्षण विधिललाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । समेस्टर प्रणाली विद्यार्थीहरुको हितमा भएको उनको भनाई थियो ।
कार्यशाला गोष्ठीमा कर्णाली प्रदेश सहित लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका विभिन्न क्याम्पसका उपप्रध्यापकहरुको सहभागिता रहेको थियो । सुर्खेत मोडेल कलेजका क्याम्पस प्रमुख गणेश आचार्यले कार्यशालामा ३५ जना बढि उपप्रध्यापकहरुको सहभागी रहेको जानकारी दिए । उनले शिक्षण गर्ने उपप्रध्यापकहरुलाई समय–समयमा पुर्नताजकी गराउनु समेत गोष्ठिको उदेश्य रहेको बताए ।