
सुर्खेत । विद्यार्थीहरुका लागि ट्राफिक सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ । वीरेन्द्रनगरमा रहेको इगरब्रीज आवासीय माध्यमिक विद्यालयले जिल्ला ट्राफिक कार्यालयसँगको सहकार्यमा कक्षा १२ मा अध्ययनरत विज्ञान र व्यवस्थापन सङ्कायका विद्यार्थीहरूलाई ट्राफिक सम्बन्धी जानकारी दिइएको हो ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय प्रमुख उपेन्द्र आचार्यले ट्राफिक नियमहरू, सडक जेब्रा क्रस, सङ्केतहरू, पार्किङ, दुर्घटना न्यूनिकरण सम्बन्धी जानकारी दिएका थिए ।
कार्यक्रममा विद्यालयका प्रशासन प्रमुख कृष्णा न्यौपाने भूषालले तीब्र गतिमा गाडी चलाउने, ट्राफिक नियमको पालना नगर्ने भएको हुँदा यो कार्यक्रमले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

फरकबाटो ७ चैत्र २०७८, सोमबार २०:५६