सुर्खेत । कर्णालीका सबै गाउँ, गाउँमा पानीको शुद्धता मापन गर्नका लागि कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले कामको सुरुवात गरेको छ ।
१० जिल्लाबाट आएका प्रतिनिधिलाइ तालिम दिएर पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरण सहित १० जिल्लामा पठाएको छ । विज्ञ सहितको टिमले २४ फागुन देखि फागुन २६ गते सम्म तालिम दिएर , तालिम प्राप्त कर्मचारी जिल्लामा पठाएको हो । १० जना कर्मचारीलाई तालिम पछि सबै पालिकामा काम गर्ने गरी पठाएको जलस्रोत तथा उर्जाविकास मन्त्री गणेशप्रसाद सिंहले बताए ।
तालिममा सिकेको सिप अधिकतम रुपमा प्रयोग गरिने सहभागीले बताएका छन् । प्रत्यक जिल्लामा एक वटा पर्ने गरी पानीको शुद्धता मापन मेसिन पठाएको छ । प्रत्येक मेसिनलाइ २ लाख ९० हजारमा खरिद गरी १० वटा जिल्लामा वितरण गरिएको मन्त्रालयका सचिव डा. जगदिश्वर कर्माचार्यले
बताए ।
कर्णालीका सबै पालिकामा माग भए अनुसारको ठाउँमा गएर पानीको शुद्धता मापन गर्ने अभियान सुरु भएको छ ।
फरकबाटो २६ फाल्गुन २०७८, बिहीबार १८:२०