दैलेख । गुराँस गाउँपालिका दैलेखले लैगिंक हिँसा न्युनिकरणमा हाम्रो भुमीका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना तथा एभेरष्ट क्लब पोषण परियोजना, महिला सशक्तिकरण मञ्च, कियर नेपाल लगायतका संस्थाहरुले कार्यक्रममा समन्वय गरेका थिए ।
गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बि.सीको प्रमुख आथित्यता तथा उपाध्यक्ष शिवा कुमारी खड्काको अध्यक्षतामा आयोजित कार्यक्रम विद्यालय, महिला सञ्जाल लगायतबाट आठ जना प्रतियोगिहरुले भाग लिएका थिए । प्रतियोगितामा कालिका मा.वी गुराँस ८ का डिलिसा खड्का प्रथम, शान्ति मा.वी गुराँस ७ का सम्झना बि.सी द्धितिय, गुराँस युथ प्यानलका पुष्पा खड्का तृतिय र नेरा. मा.वी गुराँस ६ बगौराका देवी आर.सीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बि.सीले लैगिंक हिँसा न्युनिकरणमा सबैको भुमीका सकारात्मक हुनुपर्ने बताए । उनले विद्यालय स्तरदेखि गाउँ टोलसम्म हिँसा न्युनकिरणका पहलहरु चालिनुपर्ने भन्दै यस कार्यमा कार्यालयले समेत काम गरिरहेको बताए ।
उपाध्यक्ष शिवा कुमारी खड्काले लैगिंक हिँसा विरुद्धको अभियानका बेलामा मात्रै नभई वर्षभरी नै हिँसा न्युनिकरणमा पहल चालिनुपर्ने बताईन् । उनले वडा तहमा समेत सचेत नागरिकहरुले अभियान सञ्चालन गर्नुपर्ने धारणा राखिन् ।
कार्यक्रममा गुराँस गाउँपालिकाका विभिन्न वडाहरुबाट महिला अगुवा, स्थानीय प्रहरी, आमा समुह, विद्यालय, स्थानीय संघसंस्था लगायतका ६८ जना बढीको सहभागीता रहेको थियो ।
फरकबाटो १८ मंसिर २०८१, बुधबार १९:२३