प्रदेश सभामा मानव अधिकारका सवालमा निरन्तर छलफल गर्ने प्रदेशसभा सदस्य शाहीको प्रतिवद्धता


सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य इन्द्राकुमारी शाहीले प्रदेशसभामा मानव अधिकारका सवालमा निरन्तर छलफल गर्ने प्रतिवद्धता जनाएकी छन् । मानव अधिकार संवेदनशिल विषय भएकाले सबै क्षेत्र गम्भीर हुनुपर्ने भन्दै सदनमा यसका विषयमा गहन रुपमा छलफल गर्ने प्रतिवद्धता उनले जनाएकी हुन् ।

चैत २३ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकका लागि क्षमता अभिवृद्धी सम्बन्धी २ दिने कार्याशाला तामिलको उद्धघाटन समारोहमा बोल्दै प्रदेशसभा सदस्य शाहीले मानव अधिकारका विषयमा सबै नागरिकलाई जानकारी गराउँदै आगामी दिनमा यसको प्रभावकारितालाई मध्यनजर गर्दै काम गर्नुपर्नेमा जोड दिएकी हुन् । उनले मानव अधिकारकारका लागि १९८८ देखी नै सामाजिक न्यायका लागि कामगर्दै आएको इन्सेकलाई धन्यबाद समेत ब्यक्त गरिन् ।

पाटीगत रुपमा मानव अधिकारका विषयलाई लिइएर राजनितीक द्धन्द्ध फैलिन नदिन समेत उनले अनुरोध गरिन् । यस्तै उद्धघाटन समारोहमा बोल्दै इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले मानव अधिकार रक्षकका लागि आवश्यक कानुन निमार्णका लागि सरकारले ध्यान दिनुपर्ने बताए । उनले मानव अधिकार रक्षकको सुरक्षा र पहिचानको आवश्यक रहेको समेत बताए ।

मानव अधिकार रक्षकले कसैको पक्षमा बोल्दा र लेख्दा सुरक्षित महशुस नहुने भएकले पनि मानव अधिकार रक्षकले गरेका कामको मुल्याङकन हुनुपर्नेमा जोड दिए ।

यस्तै उद्धघाटन समारोहमा बोल्दै मानव अधिकार रक्षक संजाल कर्णाली प्रदेश संयोजक पिताम्बर ढकालले मानव अधिकार हननका विषयलाई गम्भिरताका साथ लिनुपर्नेमा जोड दिए । कही कतै मानव अधिकार हनन् भएको थाहा भएमा तत्काल मानव अधिकार संजालमा खबर गर्न समेत अनुरोध गरे ।
मानव अधिकार रक्षकले काम गर्नेक्रममा संवेदनशिल भएर काम गर्ने क्रममा ज्ञापनपत्र बुझाएर अनुरोध गरेर तथा शान्तीपुर्ण ढङ्गले काम गर्न सुझाब समेत दिए ।

यस्तै उद्धघाटन समारोहमा बोल्दै मानव अधिकार रक्षक संजाल सुर्खेत जिल्ला संयोजक सर्मिला विसीले दुई दिने तालिममा आफुले सिकेका कुरालाई समुदायमा पुगेर लागु गर्न सुझाब दिइन् ।