सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कंडेल विजयी

सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा लक्ष्मण कंडेल विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा उनले प्रतिद्वन्द्वी हर्षविक्रम खड्कालाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । कंडेलले ९११ मत ल्याए भने खड्काले ८६३ मत ल्याए ।
यस्तै वरिष्ठ उपाध्यक्षमा गणेशकुमार बस्नेत, वाणिज्य उपाध्यक्षमा प्रेमबहादुर रावल, उद्योग उपाध्यक्षमा सिंहराज वम, महिला उपाध्यक्षमा तारा रावत, महासचिवमा भद्र भण्डारी, उपमहासचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा रामप्रसाद पाण्डे र सहकोषाध्यक्षमा सूर्यबहादुर खत्री विजयी भएका छन् ।

यस्तै महिला सदस्यमा कृति गुभाजु शाक्य, लक्ष्मी कुमारी तिवारी वर्मा निर्वाचित भएका छन् । खुला सदस्यमा अजय गुरुङ्ग, अर्जुनजंग शाही, गणेश खड्का, दिपक खड्का, पहलसिंह बस्याल, विन्दप्रसाद जैशी, बुद्ध तामाङ्ग, भुवन ज्ञवाली, रमेश बराल, लक्ष्मण्म खत्री देवकोटा र सागर भुसाल निर्वाचन भएका छन् ।
एसोसियट सदस्यमा जनक बहादुर थापा र आरक्षित सदस्यमा सन्तोष कुमार बराईली निर्वाचन भएका छन् ।