सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका प्रमुखका उम्मेदवारहरुसँग ककस कार्यक्रम गरिएको छ । फ्युचर नेपालको समन्वयमा वीरेन्द्रनगर जेसीज र सुर्खेत महिला जेसीजको आयोजना वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नगर प्रमुखका उम्मेदवारहरुसँग ककस कार्यक्रम आयोजना गरेको हो ।
ककस कार्यक्रममा तीन दलका उम्मेदवारहरुको उपस्थित रहेको थियो । उम्मेदवारहरुले आआफ्ना आफ्ना योजनाहरु सुनाउँदै कार्यान्वयन गर्ने प्रतिद्धता जनाएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार उपेन्द्र बहादुर खड्काले युवाहरुलाई स्वरोजगार, बालबालिका, युवा र जेष्ठ नागरिकलाई प्राथमिकता दिने बताए । शिक्षा, स्वास्थ्य खानेपानी, बत्तिको व्यवस्था र पुर्ण सररफाई नगर बनाउने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै नेकपा एमालेबाट नगर प्रमुखका उम्मेदवार मोहन माया ढकालले नगरको विकास र समृद्धीका लागि आफु प्रतिवद्ध रहेको बताइन् । उनले उपप्रमुख भएर नगरको विकासमा गर्व गर्ने गरी काम गरेको भन्दै यो अनुभवले प्रमुख भएर विकासका लागि अघि बढ्ने बताइन् । उनले पूर्वाधारलाई विशेष जोड दिने उल्लेख गरिन् । उनले शिक्षामा क्रमश निशुल्क पढ्न पाउने व्यवस्था गर्ने, पर्यटकिय नगर , रोजगारी सृजना, सुशासन कायम गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
एकीकृत समाजबादीबाट नगर प्रमुखकी उम्मेदवार धनकुमारी जिसिले वीरेन्द्रनगर सुरक्षित शहर बनाउने बताइन् । उनले शिक्षा, स्वास्थ्य, खानेपानी, बत्तिको व्यवस्था प्रमुख प्राथमिकता दिइने उल्लेख गरिन् ।


फरकबाटो २० बैशाख २०७९, मंगलवार २२:१२