कोभिड प्रभावित कृषि क्षेत्रको उत्थानका लागि शिसा परियोजना लागू

 

सुर्खेत । सुर्खेतका पाँच वटा पालिकामा कोभिड प्रभावित कृषि क्षेत्रको उत्थानका लागि परियोजना लागू भएको छ । कोभिड १९ बाट प्रभावित कृषि क्षेत्रको उत्थानका लागि शिसा परियोजना लागू भएको हो ।

कृषि खाद्य प्रणालीहरुमा कोभिड १९ को दोस्रो लहरबाट प्रभावित कृषि क्षेत्रको उत्थान र द्रूत प्रतिक्रियालाई सहयोग गर्ने उद्देश्यले उक्त परियोजना लागू गरिएको हो । परियोजनामा अन्तरगत कृषि क्षेत्रको घाटा कम गर्न विशेष वित्तीय उत्पादन र सेवाहरु सुरु गर्न, कोभिडबाट प्रभावित व्यवसाय र उपभोक्ताहरुको सहयोगका लागि डिजिटल बैंकिङ प्रविधिको विस्तार र कृषि औजारहरुको विस्तार गरिनेछ ।

विभिन्न एग्रोभेट, मेसेनरी सर्भिस प्रोपाइटरसँग, वित्तीय संस्थाहरु समन्व्य र सहकार्य गरेर काम गरिने परियोजनाका कृषि इन्जिनियर सुवास अधिकारीले जानकारी दिए । कृषि सम्बन्धी सामाग्रीहरु किसानसम्म पु¥याउने, उत्पादनको बजारीकरण, डिजिटल बैंकिङ, कृषि औजारको क्षेत्रमा परियोजनाले काम गर्ने उनले जानकारी दिए । शिसा परियोजना सुर्खेतका कार्यक्रम अधिकृत ललित बहादुर सारुका अनुसार यो परियोजना सुर्खेतको पाँच वटा स्थानीय तहमा लागू हुनेछ ।

वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका, लेकवेशी नगरपालिका र बराहताल गाउँपालिकामा लागू गरिने सारुले जानकारी दिए । परियोजना २०२३ जुनसम्म संचालन हुने छ । अहिले पाँच वटा पालिकाबाट काम सुरु गरेपनि पछि सबै पालिकामा कार्यक्रम बिस्तार गरिने जनाईएको छ ।

परियोजनाका हब लिड सालिन आचार्यले साना उद्यमीहरुलाई सहुलियत कर्जामा जोड दिइने बताए । कृषि मेसेनरी सेवाहरुमा बढेको पहुँचबाट सिमान्तकृत समुदाय तथा महिलाहरु लाभान्वित हुने बताए ।

परियोजनाले चार वटा क्षेत्रमा रहेर काम गर्नेछ । पहिलो क्षेत्र कृषि सम्बन्धी सेवा तथा सल्लाह प्रदान गर्ने साना तथा मध्यम वर्गका व्यवसायहरुको वित्तीय पहुँच बढाई उत्थान तथा पुनस्र्थावपना सुनिश्चित गर्ने जनाएको छ । साना तथा मझौला उद्यमीहरुलाई सहयोग हुने वित्तीय उत्पादनहरु बनाउने, सिमान्तकृत समुदायका सदस्य तथा महिलाहरुलाई पहुँच बढाउने परियोजनाको उद्देश्य छ ।

यस्तै दोसो क्षेत्रमा वित्तीय उत्पादनहरुका लागि विशेष व्यापार मोडेलहरु तयार गरी सजिलै नष्ट हुने कृषि उत्पादनहरु उत्पादन, विरण र बिक्रिमा संलग्न व्यवसायहरुलाई सहयोग गर्ने र वित्तीय सहायता प्रदान गर्न वित्तीय संस्थाहरुसँग सम्झौता गर्ने, यसबाट नौ सय १ र ६४४ महिला र जोखिममा परेका समुदायका सदस्यहरुले लाभ लिने अपेक्षा गरिएको छ । महिला , सिमान्तकृत कृषकहरुलाई लक्षित गरेर वित्त प्रशिक्षण गर्ने र यि कार्यबाट दुई हजार ५५० बढी किसानहरुले मुल्य श्रंखलाका पात्रको रुपमा लाभान्वित हुने छन् । कोभिडबाट प्रभावित व्यवसाय तथा उपभोक्ताहरुका लागि डिजिटल बैंकिङ सेवाहरु सुरु गर्ने उल्लेख छ ।

परियोजनाले बिशेष गरी मेघा र मुक्तिनाथ बिकास बैंक संग समन्वय गरेर काम गर्नेछ । कम्तिमा ११ हजार किसानहरुले जग्गा तयारी, रोपण, सिंचाइ, फसल काट्ने र कटानी पछिका गतिवधिहरुमा सुरक्षित कृषि मेसिनरी सेवाहरुमा पहुँच बढी लाभ लिने छन् । कोभिड सुरक्षित यान्त्रिकीकरण सेवाहरु विस्तार गर्ने जनाएको छ ।

परियोजनाले सोमबार कृषि समाग्री व्यवसाय, वित्तीय संस्था र सरोकारवालाहरुसँग अन्तरक्रिया गोष्ठीको आयोजना गरेर परियोजनाका बारेमा जानकारी दिएको हो । युएसएआइडीको सहयोगमा शिसा परियोजना अन्तरगत अन्तर्राष्ट्रिय गहुँ तथा मकै सुधार केन्द्र सिमिट, आइडि नेपाल, इमी लगायतका संस्थाको साझेदारीमा भएको कार्यक्रममा सरकारी कार्यालयका प्रतिनिधि, बिभिन्न पाकिाका कृषि शाखा, एग्रोभेट, र्बैंक, मेसीनरी डिलर लगायतका क्षेत्रबाट उपस्थीत रहेको थियो ।

कार्यक्रममा सहभागीहरुले कृषि उत्पादनको बजारीकरण, पहुँचवालाहरुले मात्र धेरै सेवा पाइएकोले मुक्त हलिया, कमैया, महिलाहरुको समावेशी सहभागितामा पनि ध्यान दिनुपर्ने बताए ।