बाजुरामा गर्भवतीको मृत्यु 


सुर्खेत । बाजुरा जिल्लाको बडीमालिका नगरपालिका १ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको मृत्यु भएको छ ।  । जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भए पनि उपचारमा ढिलाइ हुँदा  मृत्यु भएको हो ।

विक चैतमा सुत्केरी हुँदै थिइन् ।   उपचारका लागि भारत लैजान सिफारिस गरेको र ढिलो गरी लैजाँदा गर्दा बाटोमा गाह्रो भएपछि अछामको बयालपाटा अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो ।

विकलाई महेन्द्रनगरतर्फ बसमार्फत् लैजाने क्रममा चौखुट्टेमा समस्या आएपछि उपचारका लागि बयालपाटातर्फ लगिएको थियो । बयलपाटा अस्पतालमा कार्यरत अहेब भवानी ढुङ्गानाले विकको अस्पताल आउनुअघि बाटोमै ज्यान गइसकेको र बच्चाको पनि पेटमै ज्यान गइसकेको जानकारी दिए । विक मुटुरोगी थिए ।