राष्ट्रपति भण्डारी र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा उहाँहरूबीच दुई देशबीचको सम्बन्ध र पारस्परिक सहयोगका बारेमा भेटवार्ता भएको हो ।

/fi6«klt;Fu lrlgofF g]tfsf] lzi6frf/ e]6
sf7df8f}F, @( c;f/ -/f;;_ M
/fi6«klt ljBfb]jL e08f/L;Fu g]kfn e|d0fdf /xg’ePsf lrlgofF sDo’lgi6 kf6L{sf ljb]z ljefu k|d’v lnp lhofgrfcf]n] cfh lzi6frf/ e]6 ug'{ePsf] 5 . /fi6«klt ejg zLtn lgjf;df e]6 ePsf] xf] . t:jL/ M k|bLk/fh jGt,/f;;

यसअघि लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै भेटेका थिए । यस्तै उनले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो भने यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए । भेटमा लिउले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्नेमा जोड दिएका छन् ।

गएको आइतवार चार दिने भ्रमणमा आउनुभएका लिउ आज स्वदेश फर्किँदै छन् ।