काठमाण्डौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।
पार्टीको आसन्न महाधिवेशन र पालिकाका अधिवेशनबारे छलफल गर्न दिउँसो ३ बजे तुलसीलाल स्मृति भवन च्यासलमा बैठक बस्न लागेको हो ।
गएको असोज १५ गतेदेखि १७ गतेसम्म भएको विधान महाधिवेशनमा १० औं महाधिवेशन अर्काे निर्णय नभएमा लुम्बिनी प्रदेशको बुटवलमा हुने घोषणा गरिएकामा त्यस ठाउँ परिवर्तन हुने संकेत देखिएको छ ।
वाग्मती प्रदेशको आजको बैठकमा यस प्रदेशका अध्यक्ष आनन्द पोखरेलले आफूहरू आफ्नो प्रदेशमा महाधिवेशन व्यवस्थापन गर्न तत्पर रहेको उद्घोष गरे पनि अध्यक्ष ओलीले स्थायी कमिटीले यसबारे निर्णय गर्ने जानकारी दिए ।
साभारः उज्यालो
फरकबाटो ४ कार्तिक २०७८, बिहीबार ०८:५९