
सुर्खेत । लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखको मनोनयन दर्ता भएको छ । सोमवार प्रदेश सभा सचिवको कार्यकक्षमा सभामुखको मनोनयन दर्ता भएको हो । सभामुखमा नेकपा माओवादी केन्द्रबाट तुलाराम घर्ती र उपसभामुखका लागि राप्रपाकी मेनुका खाँडको मनोनयन दर्ता भएको हो ।
सभामुखको प्रस्तावकमा एमालेका नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र राप्रपा संसदीय दलका नेता आशिषकुमार चौधरी समर्थक रहेका छन् । उपसभामुखको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रशेक गुप्ता रहेका छन् ।
मनोनयन दर्ताको समय बेलुका ५ बजे सम्मलाई दिइएको छ । नेपाली कांग्रेसले भने सभामुख र उपसभामुखका लागि अझै मनोनयन दर्ता गरेको छैन । भोलि मङ्गलवार सभामुख र उपसभामुख चयनका लागि निर्वाचन हुने प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

फरकबाटो २ माघ २०७९, सोमबार १७:११