निर्वाचन आयोगले मिश्र पक्षको विधान संशोधनलाई बैधता दियो

काठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र पक्षले गरेको विधान संशोधनलाई मान्यता दिएको छ ।

मिश्र नेतृत्वमा बसेको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विधान संशोधन गरेको थियो । संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ भने संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा उभिएको छ ।

त्यो निर्णयअनुसार विधान संशोधन र केन्द्रीय समिति सदस्य १२४ जना (५ जनाको राजीनामा र एक जनाको मृत्यु भएका कारण) कायम भएको जानकारी गराउँदै विवरण अद्यावधिक गर्न पत्र लेखेको थियो ।

आयोगले बुधबार विवेकशील साझाको विवरण अद्यावधिक भएको जानकारी गराएको छ ।