
सुर्खेत । शान्ति सुरक्षाको अवस्था समान्य भए पछि वीरेन्द्रनगरमा जारी निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुचना जारी गरेर वीरेन्द्रनगरका विभिन्न ठाउँमा जारी गरेको निषेधाज्ञा पूर्ण रुपमा हटाइएको जानकारी दिएको हो ।
संसद्बाट एमसीसी अनुमोदन भए पछि सोमबार छ दल र दुई मोर्चाले आव्हान गरेको बन्दका कारण वीरेन्द्रनगर तनावग्रस्त बन्दै गए पछि सोमबार राती ८ः १५ देखि मंगलबार साँझ ७ बजेसम्म कर्फ्यू जारी गरिएको थियो ।
अवस्था सामान्य बन्दै गए पछि मंगलबार साँझ ७ बजेदेखि कफर््यू हटाएर वीरेन्द्रनगरमा मंगलगढी चोक, एरिचोक, हटिया चोक, हटिया लाइन क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो । प्रशासनले शान्ति सुरक्षाको स्थिती समान्य अवस्थामा आएकाले बिहीबार बिहान ६ बजेदेखि हटाइएको जनाएको छ ।

फरकबाटो १९ फाल्गुन २०७८, बिहीबार १२:४९