नदीले बगाई एकजना प्रहरी बेपत्ता

सुर्खेत । खाडाचक्र नगरपालिका ८ कालिकोट स्थित सेरावाडा खोलाले बगाउँदा एकजना प्रहरी बेपत्ता भएका छन् । जुम्ला तातोपानी गाँउपालिका घर भएका प्रहरी जवान पदम रावतलाई खोलाले बगाएको हो ।

कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत उनलाई खोला तर्ने क्रममा खोलाले बगाई नजिकै रहेको तिला नदीमा बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

रावतलाई खोलाले बगाएको जानकारी सोही गणमा कार्यरत प्रहरी नायव निरीक्षक विष्णु प्रसाद सेजुवालले प्रहरी चौकी छाप्रेमा आज बिहान जानकारी गराएका थिए । तर खोला बढेको कारण घटनास्थलमा जान नसकिएको प्रहरीले जनाएको छ ।