वीरेन्द्रनगरमा कर्फ्यु हटाएर प्रदर्शन भएका क्षेत्रमा निषेधाज्ञा जारी

सुर्खेत । वीरेन्द्रनगरमा जारी गरिएको कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको छ । एमसीसीको विरुद्धमा आव्हान गरिएको बन्दको क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गए पछि सोमबार राती ८ः १५ देखि मंगलबार साँझ ७ बजेसम्म कर्फ्यु जारी गरिएको थियो । अहिले ७ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्म निषेधाज्ञा जारी हुने प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बताए ।

उनले अप्रिय घटना नघटेको र शान्तिपूर्ण रहेकोले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको बताए । सोमबार प्रदर्शन भएका क्षेत्रहरुमा निषेधाज्ञा जारी गरिएको हो ।   उनले मंगलगढी चोक, यरिचोक, हटिया लाइन क्षेत्रमा निषेधाज्ञा क्षेत्र तोकिएको जानकारी दिए । यि ठाउँमा पाँच जना भन्दा बढी भेला हुन रोक  लगाइएको छ ।