डोल्पाको प्रदेश (क )बाट एमालेका बुढा निर्वाचित

डोल्पाको प्रदेश (क) बाट नेकपा एमालेका शेरबहादुर बुढा निर्वाचित भएका छन् । कांग्रेसका दिपेन्द्रबहादुर शाहीलाई पराजित गर्दै एमालेका बुढा प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

एमालेका बुढाले ४ हजार ७ सय ४३ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका शाहीले २ हजार ४ सय ६५ मत पाए । यो क्षेत्रमा ७ हजार ५ सय १८ मत खसेको थियो । विजयी बुढा एमाले  डोल्पाको जिल्ला अध्यक्ष हुन् ।