वीरेन्द्रनगरमा जारी निषेधाज्ञा बिहीबार बिहानदेखि हटाइने

सुर्खेत । वीरेन्द्रनगरमा जारी निषेधाज्ञा हटाइने भएको छ ।   जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएको क्षेत्रमा हटाइने जानकारी दिएको हो ।

मंगलबार साँझ ७ बजेदेखि वीरेन्द्रनगरका मंगलगढी चोक, एरिचोक, हटिया चोक, हटिया लाइन क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो । शान्ति सुरक्षाको स्थिती समान्य अवस्थामा आएकाले यि क्षेत्रमा जारी गरिएको निषेधाज्ञा बिहीबार बिहान ६ बजेदेखि हटाइने प्रशासनले जानकारी दिएको छ ।

वीरेन्द्रनगरमा जारी गरिएको कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरिएको छ । सोमबार एमसीसीको विरुद्धमा आव्हान गरिएको बन्दको क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गए पछि सोमबार राती ८ः १५ देखि मंगलबार साँझ ७ बजेसम्म कर्फ्यु जारी गरिएको थियो । समान्य अवस्था बन्दै गए पछि सुरक्षाका दृष्टिकोणले संवेदनशिल क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।