अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तरविद्यालय कराँते प्रतियोगिता सम्पन्न


सुर्खेत । ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा चौथो अन्तरविद्यालय कराँते प्रतियोगिता तथा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ । हिजो माघ २४ अर्थात् ८ मार्चमा पर्ने अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।

वीरेन्द्रनगर सितोरियो कराँते डोजो नेपाल राष्ट्रिय माध्यामिक विद्यालय (डाँडास्कुल) को आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा ३ स्वर्ण, २ रजत र २ काश्य गरी ७ पदक जिती उत्तरगंगा इङलिस मिडियम बोर्डिङ स्कुल प्रथम, ३ स्वर्ण, १ रजत र २ कास्य गरी ६ पदकसहित भैरव मा.वी वीरेन्द्रनगर ४ दोस्रो, १ स्वर्ण, २ रजत र २ कास्य गरी ५ पदक प्राप्त गरी नेपाल राष्ट्रिय मा.वी डाँडास्कुल तेस्रो र सेन्टमेरिज बोर्डिङ स्कुल सान्त्वना भएका हुन् ।

नेपाल राष्ट्रिय मा.वी का प्राचार्य गणेशकुमार न्यौपानेको सभाअध्यक्षता तथा वीरेन्द्रनगर नगरपालिका वडा नं ६ का कार्यबाहक अध्यक्ष कृष्ण श्रेष्ठको प्रमुख आथित्यतामा कार्यँक्रम सम्पन्न भएको मेन डोजोका प्रशिक्षक दिपक वि.कले जानकारी दिए ।