भारत–श्रीलङ्काबीच हुने पहिलाे टेस्टमा दर्शकले प्रवेश पाउने

काठमाण्डाै । भारत र श्रीलङ्काबीच हुने पहिलो टेस्ट क्रिकेटमा दर्शकले प्रवेश पाउने भएका छन् । आउँदो शुक्रवारदेखि माहोलीमा हुने टेस्ट क्रिकेटमा रङ्गशालाको क्षमताको ५० प्रतिशत दर्शकलाई अनुमति दिइएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले जनाएको छ ।

यसअघि यो खेल दर्शकविहीन मैदानमा खेलाउने तयारी थियो । तर कोभिड महामारी कम भएको र अन्य अवस्थालाई हेरेर ५० प्रतिशत दर्शकलाई अनुमति दिने निर्णय भएको बीसीसीआईका सचिव जय शाहले बताएको क्रिक इन्फोले जनाएको छ । मोहालीमा भारतीय पूर्वकप्तान विराट कोहलीले आफ्नो करियरको एक सयौँ टेस्ट खेल्ने भएकाले समर्थक उत्साहित भएका छन् ।

यसअघि श्रीलङ्कासँग अहमदाबादमा भएको एकदिवसीय खेल पनि दर्शकविहीन मैदानमा खेलाइएको थियो । तर टी–२० शृङ्खलामा भने दर्शकलाई अनुमति दिइएको थियो । एकदिवसीय र टी–२० शृङ्खला भारतले जितेको छ । यी दुई देशबीच आउँदो शुक्रवारदेखि दुई खेलको टेस्ट शृङ्खला सुरु हुँदैछ ।