काठमाडौं । नेपालको महिला फिफा वरीयता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।
नयाँ वरीयतामा नेपाल १०२ औं स्थानमा रहेको छ । अघिल्लो पटकको वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा रहेको छ ।
यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ५८ औं स्थानमा रहेको छ । विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ । यस्तै जर्मनी दोस्रो स्थानमा रहदा स्विडेन तेस्रो स्थानमा झरेको छ।
इंग्ल्यान्ड चौंथो र फ्रान्स पाँचौं स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्ड छैठौं, क्यानडा सातौं, स्पेन आठौं, ब्राजिल नवौं र उत्तर कोरिया १० औं स्थानमा रहेको छ ।
फरकबाटो २० श्रावण २०७९, शुक्रबार १७:१६