पीएनजीले यूएईलाई १ सय ३१ रनले हरायो


सुर्खेत । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) ले यूएईलाई हराएको छ । पीएनजीले घरेलु टोली यूएईलाई १ सय ३१ रनले हरायो ।

पीएनजीले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको यूएई ३४ ओभर २ बलमा १ सय ३१ रन बनाउँदा अलआउट भयो । यूएईका लागि मुहम्मद वसीले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ पीएनजीका चाद सोपरले ५ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पीएनजी ४९ ओभर १ बलमा २ सय ६२ रन बनाउँदा अलआउट भयो । पीएनजीका लागि सेसे बाउले ७४ र टोनी उराले ५१ रन बनाए । बलिङतर्फ यूएईका कार्तिक मय्प्पनले ४ र आर्यन लाक्राले ३ विकेट लिए ।

शृङ्खलामा पीएनजी, यूएई र नेपाल सहभागी छन् । यो जितसँगै पीएनजी ३० खेलमा ७ अङ्कसहित तालिकको पुछारमा छ । यूएई २९ खेलमा २९ अङ्कसहित पाँचौँ स्थानमा छ । नेपाल २९ खेलमा २८ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । शृङ्खलामा बिहीवार नेपाल र यूएईबीच खेल हुँदैछ ।