काठमाण्डाै । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत बङ्गलादेशसँगको दोस्रो खेलमा पनि न्युजिल्यान्ड ४८ रनले विजयी भएको छ ।

क्राइस्टचर्चमा न्युजिल्यान्डले दिएको दुई सय नाै रनको लक्ष्य पछ्याएको बङ्गलादेशले २० ओभरमा सात विकेट गुमाएर एक सय ६० रनमात्रै बनाउन सक्यो । उसका शकिब अल हसनले सर्वाधिक ७० रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका एडम मिल्नले तीन तथा माइकल ब्रेसवेल र टिम साउथीले दुई/दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले डेभन कनवेको ६४ र ग्लेन फिलिपको ६० रनकाे मद्दतमा दुई सय आठ रन बनाएको थियो । बलिङतर्फ बङ्गलादेशका माेहम्मद सैफुद्दिन र इबादाेत हुसैनले दुई/दुई विकट लिए ।
त्रिदेशीय शृङ्खलाका चार खेलमा तीन खेल जितेको न्युजिल्यान्ड शीर्ष स्थानमा र तीन खेलमा दुई खेल जितेको पाकिस्तान दोस्रो स्थानमा छ । बङ्गलादेशले भने खाता पनि खोल्न सकेको छैन ।

फरकबाटो २६ आश्विन २०७९, बुधबार १५:०५