हैदरावाद र पन्जाब भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज आइतबार एक खेल हुँदैछ ।

आईपीएल अन्तर्गत सिजनको अन्ति लिग खेलमा सनराईजर्स हैदरावाद र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने खेल राति ७:४५ बजे सुरु हुनेछ।

दुबै टोलीका लागि यस खेल अर्थहीन जस्तै रहेको छ । तर, आज दुबै टोली जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छ ।

दुबै टोलीका लागि यस खेल प्रतिष्ठाको लडाई हुनेछ । किनकी दुबै टोलीको प्ले अफ सम्भावना सकिएको छ । हैदरावाद १३ खेलमा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

पन्जाब १३ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ । यस अघिको भेटमा हैदरावादले पन्जाबलाई हराएको थियो । हैदरावाद ७ विकेटले विजयी भएको थियो ।