कर्फ्यू पछि वीरेन्द्रनगर सुनसान

सुर्खेत । वीरेन्द्रनगरमा कर्फ्यू जारी गरिए पछि आज सुनसान छ । सोमबार एमसीसी अनुमोदनको विरोधमा आह्वान गरेको बन्द अराजक बन्दै गएपछि थप क्षति रोक्न वीरेन्द्रनगरमा हिजो राति साव ८ बजेदेखि आज साँझ ७ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

पूर्वमा धुलियाविट, पश्चिममा बाङ्गेसिमल, उत्तरतर्फ वीरेन्द्रनगर नगरपालिका– ७ र दक्षिणतर्फ लाटीकोइली शिव मन्दिर हुँदै काँक्रेबिहार, देउती बज्यै एवं सुब्बाकुना क्षेत्रसम्म कर्फ्यू जारी गरिएको छ । यि क्षेत्रमा सुनसान रहेको छ भने सुरक्षाकर्मीहरु खटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी पमद बहादुर विष्टले वीरेन्द्रनगर शान्त रहेको जानकारी दिए । उनका अनुसार आज बिहान कर्फ्यू उल्लंघन गर्ने दुई जनालाई पक्राउ गरिएको छ । प्रहरीलाई ढुंगा हाने पछि उनीहरुलाई पक्राउ गरिएको हो । हिजो प्रहरीले १९ जना बन्दकर्ताहरुलाई पक्राउ गरेको थियो ।