मंगलगढी र एरिचोकमा आकाशे पुलको सम्भाव्यता अध्ययन गरिने

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० मा मंगलगढी चोक र एरिचोकमा आकाशे पुलको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रमुख निलकण्ठ खनालले सवारी चाप बढी भएको मंगलगढी र एरिचोकमा सम्भाव्यता अध्ययनका लागि १० लाख रुपियाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।