वीरेन्द्रनगर जेसीजको लोम अफिसर तालिम सम्पन्न


सुर्खेत । वीरेन्द्रनगर जेसीजको आयोजनामा सोमबार एक दिने लोम अफिसर तालिम सम्पन्न भएको छ । वीरेन्द्रनगर जेसीज वर्षका पूर्व अध्यक्ष हरिहर बस्नेतको प्रमुख आतिथ्यतामा र वीरेन्द्रनगर जेसीजका अध्यक्ष शैलेन्द्र पाठकको अध्यक्षतामा तालिम सम्पन्न भएको हो ।

पदाधिकारी तथा सदस्यहरुलाई जेसीजका बारेमा, जेसीजले गर्ने कार्य, पदाधिकारी तथा सदस्यहरुको काम कर्तव्य र अधिकार, जेसीजको बैठक संचालन गर्ने विधिलगायतका बारेमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

तालिममा वीरेन्द्रनगर जेसीज वर्ष २०१८ का अध्यक्ष वीतिहोत्र वसिष्ठले प्रशिक्षण दिएका थिए । तालिममा २३ जनाको सहभागिता रहेको महासचिव संजोग भण्डारीले जानकारी दिए ।