सफा शहरका लागि सांगीतिक कार्यक्रम

सुर्खेत । सफा शहरका लागि वीरेन्द्रनगरमा सांगीतिक कार्यक्रम गरिएको छ । विभिन्न चारवटा संस्थाहरुको सहकार्यमा सचेतनामुलक सांगीतिक कार्यक्रम गरिएको हो ।

फोहोर व्यवस्थान, हरियाली प्रवद्र्धन र कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अन्तरनिर्भर समाज सुर्खेतका कार्यक्रम व्यवस्थापक विवेक शाहीले जानकारी दिए ।
वीरेन्द्रनगर नगरपालिका, यूएनडिपी, अन्तरनिर्भर समाज सुर्खेत र नेपाल गन्धर्व विकास संघ सुर्खेतको सहकार्यमा सचेतनामुलक सांगीतिक कार्यक्रम गरिएको हो ।

वीरेन्द्रनगर ६ को मंगलगढिचोकमा आयोजित कार्यक्रममा नेपाल गन्धर्व विकास संघबाट स्वास्थ्य, सरसफाई तथा हरियाली प्रवद्र्धन सम्बन्धी सचेतनामुलक गितहरु गाइएको थियो ।

गितमार्फत वातावरण संरक्षण, हरियाली शहर, हाम्रो रहर, रुख रोपौं, वनजंगल जोगाउँ, जथाभावि फोहोर नफालौँ, फोहार व्यवस्थापन गरौँ, मास्क लगाउँ, लगाएतको अनुरोध गरिएको थियो ।

कार्यक्रम व्यवस्थापक शाहीले फोहोर व्यवस्थान र हरियाली प्रवद्र्धन र कोरोना रोकथामलाई लिएर सांगीतिक कार्यक्रम गरिएको बताए । उनले सरसफाई स्वयंसेवकले सचेतना सम्बन्धी प्लेकार्डमार्फत पनि सचेत गराएको जानकारी दिए ।

यो कार्यक्रम चार दिनसम्म चल्ने छ । शाहीका अनुसार नेपाल गन्धर्व विकास संघबाट विभिन्न चोकमा सचेतनामुलक सांगीतिक कार्यक्रम हुनेछन् ।
सोमबार मंगलगढी चोकमा कार्यक्रम गरिएकोले मंगलबार पिपिरा चोक, बुधबार एरिचोक, बिहीबार शिवालयचोकमा सन्देशमुलक गितमार्फत जनचेतना जगाउने उनले जानकारी दिए ।

‘सरफाई व्यवस्थापन तथा हरियाली प्रवद्र्धन सम्बन्धी सचेत गराउन आवश्यक छ ’ उनले भने“ अहिले कोरोना महामारी भएकोले पनि सरसफाईमा ध्यान दिनुपर्छ ।” गन्र्दभ समुदायको समेत अहिले रोजगार गुमेकोले उनीहरुलाई सहयोग पुग्ने गरी सांगीतिक कार्यक्रम गरिएको उनले सुनाए ।

उनले हरित पुर्नउत्थान परियोनामार्फत अन्तरनिर्भर समाज सुर्खेतले स्वच्छ, सफा तथा हरियाली वीरेन्द्रनगरका लागि सरफाई सम्बन्धी गतिविधि, सडक छेउछाउमा रोपिएका बोट बिरुवाको संरक्षण लगायतका कामहरु समेत गर्दै आएको सुनाए ।