
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भोली विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनका लागि शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
कँडेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कँडेलले गत १३ वैशाखमा पहिलो पटक विश्वासको मत लिएका थिए ।
संघमा एमाले काँग्रेसको गठनबन्धन भएपछि प्रदेश तहमा माओबादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु बाहिएका छन् ।
कर्णालीमा समेत माओबादीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरुले राजीनामा दिएपछि मुख्यमन्त्री कँडेलका नेतृत्वमा नयाँ मन्त्रीमण्डल गठनको तयारी रहेको छ ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाउनका लागि २१ जनाको समर्थन पाउनुपर्छ। प्रदेशसभामा कँडेलको दल नेकपा एमालेका १० सांसद छन् भने उनलाई समर्थन गर्ने दल नेपाली कांग्रेस १४ सांसद छन् ।
यसबाहेक नेकपा माओवादी केन्द्रका १३, रापप्रा र नेकपा एकीकृत समाजवादीका १र१ र स्वतन्त्र सांसद १ जना छन् ।

फरकबाटो २० श्रावण २०८१, आईतवार १२:००