नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेशमा सार्वजनिक विदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले साउन शुक्ल पञ्चमी (नाग पञ्चमी) का दिन सार्वजनिक विदा दिने भएको छ । कर्णाली प्रदेश सरकारको २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद्ले नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश स्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा गर्ने निर्णय गरेको थियो ।


सोही अनुरुप कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज (आइतवार) सुचना प्रकाशित गरी साउन १७ गते मंगलवार सार्वजनिक विदा दिने निर्णय गरको हो ।