प्रतिनिधि सभाको बैठक सुरु, एमालेको नाराबाजी

काठमाण्डौ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरूले बेल घराउ गर्दै नाराबाजी गरेका छन् । एमालेका सांसदले कारबाही गरेका १४ सांसदलाई हटाउनुपर्ने माग गर्दै आएका छन् ।

बैठकको सुरुमै बोल्दै माओवादीका प्रमुख सचेतक देव गुरुङले एमसीसी सम्झौता पेस गर्ने भनेर कार्यव्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेकोमा आपत्ति जनाए ।

प्रतिपक्षी दलले विरोध गरिरहँदा राष्ट्रिय महत्त्वको विषय बनेको एमसीसी सम्झौता पेस गर्न नहुने गुरुङले बताए । संसदमा ४२ वटा विधेयक विचाराधीन रहेको अवस्थामा एमसीसीलाई किन महत्व दिएर पेश गरियो भनेर उनले प्रश्न पनि गरेका छन् ।