समानुपातिकमा एमालेलाई अग्रता, दोस्रोमा कांग्रेस


सुर्खेत । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एमालेले समानुपातिकतर्फ ६१ हजार १ सय ६१ मत पाएको छ भने दोस्रो स्थानमा रहेको कांग्रेसले ५४ हजार १ सय २५ मत ल्याएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी २७ हजार १ सय ६० मतसहित तेस्रो स्थानमा छ भने माओवादी केन्द्रले २३ हजार ९ सय ८९ मत पाएको छ । राप्रपाको १३ हजार ३ सय ४०, जनमत पार्टीको ४ हजार ५ सय २४ र जसपाको ४ हजार ३ सय ५ मत रहेको छ ।