काठमाण्डौ । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले जबरजस्ती नागरिकलाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न बाध्य गरेको बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा बोल्दै नेता थापाले दण्ड जरिबानाको डर देखाएर नागरिकलाई तर्साउन खोजेको भन्दै टिप्पणी गरे ।
यातायात व्यवस्था विभागले वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका गाडीमा अनिवार्य इम्बोस्ड नम्बर जडान नगरे साउन १ गतेदेखि कारबाही गर्ने सूचना निकालेपछि थापाले यसको विरोध गरेका हुन् ।
फरकबाटो २३ जेष्ठ २०७९, सोमबार १३:४६