रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिन सरकारले अध्यादेश ल्याउन लागेकोमा कांग्रेसभित्रै विरोध


सुर्खेत । सरकारले विभिन्न राजनीतिक समूहसँग आबद्ध रही विभिन्न कसुरमा संलग्न भएर जेलमा रहेका कैदीबन्दीको मुद्दा फिर्ताका लागि अध्यादेश ल्याउन लागेकोमा विरोध भएको छ । सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसकै नेताहरुले अध्यादेश ल्याउने सरकारको निर्णयको विरोध गरेका छन् ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै सङ्क्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनीभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रुपले गलत भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत् धेरैले अध्यादेश ल्याउने सरकारको निर्णयप्रति विरोध जनाएका छन् । नयाँ सरकारमा नागरिक उन्मुक्ति र जनमत लगायतका पार्टीहरुलाई सहभागी गराउनकै लागि उनीहरुका सर्त पूरा गर्न सरकारले अध्यादेश ल्याउन लागेको हो ।