राष्ट्रको पक्षमा बोल्ने हो, कांग्रेस डराउनु हुन्न: प्रधानमन्त्री देउवा

काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदमा टेबल गर्ने र आउने नतिजा स्वीकार गरी अघि बढ्ने बताएका छन् ।

‘पास हुन्छ कि फेल हुन्छ ? थाहा छैन । हामीले पार्टी र संसदीय दलबाट सर्वसम्मतरुपमा पास गर्ने निर्णय गरिसकेका छौँ, त्यसका लागि मैले पहल गरिरहेको छु,’ देउवाले भने ।

बालुवाटारमा नेता अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’को विमोचन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीका पक्षमा उभिन डराउनु नपर्ने बताएका हुन् ।