सुर्खेत । लागू औषध मुद्दामा फरार रहेकी १८ वर्षिय किशोरी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा १८ वर्षिय रोशनी वली रहेकी छन् । उनलाई सुर्खेत जिल्ला अदालतले लगत न. ३२५१ कैद सजाय १ महिना ६ दिन तोकेको थियो ।

प्रतिवादी वलीलाई वीरेन्द्रनगर ६ खोर्के पुल स्थित सादा पोसाकमा खटिएका प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वलीलाई नियन्त्रणमा लिई अदालत सुर्खेतमा बुझाउने पहल भइरहेको छ ।

फरकबाटो २५ कार्तिक २०७९, शुक्रबार १६:०६