
सुर्खेत । नेपाल परिवार दलले वीरेन्द्रनगरमा एक्लै चुनाव लड्ने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एमालेसँग चुनावी तालमेल गर्ने भनिए पनि वीरेन्द्रनगरमा भागबण्डा झन्झट भए पछि दलले एक्लै चुनाव लड्ने निर्णय गरेको हो ।
वीरेन्द्रनगर वडा नं ९ मा नेपाल परिवार दलले भाग खोज्दा तालमेलमा झन्झट भएकाले वीरेन्द्रनगरमा एक्लै चुनाव लड्ने परिवार दल सुर्खेत जिल्ला कमिटी सहसचिव दिनेश काफ्लेले जानकारी दिए ।
केन्द्रमा नेकपा एमाले र नेपाल परिवार दल बिच स्थानिय तहको निर्वाचनमा तालमेल गर्ने सहमति भएको थियो । तर वीरेन्द्रनगरमा एमालेले उम्मेद्वारको टुंगो लगाइसकेकोले भागबण्डामा झन्झट हुँदा एक्लै चुनाव लड्ने निर्णय गरिएको उनको भनाई छ । वडा नं ९ मा नेपाल परिवार दलका तीन सय संगठित सदस्य छन् । अन्य पालिकाहरुमा चुनावी तालमेलबारे एमालेसँग छलफल भइरहेको सहसचिव काफ्लेले जानकारी दिए ।

फरकबाटो ३ बैशाख २०७९, शनिबार १६:१८