एमसिसिको विरोधमा वीरेन्द्रनगरमा प्रदर्शन

सुर्खेत । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एम.सि.सि) को विरोधमा सुर्खेतमा प्रदर्शन गरिएको छ । वीरेन्द्रनगरको मंगलगढी चोक र बजार क्षेत्रमा र्‍याली निकालिएको हो ।

नेकपा एकिकृत (समाजबादी) को नेतृत्वमा सुर्खेतमा प्रदर्शन गरिएको छ । ¥यालीमा करिब दुईसयको हाराहारीमा नेता तथा कार्यकर्ताहरु सहभागी छन् ।
राष्ट्रिघाती एमसीसी चाँहिदैन, एमसिसि मुर्दाबाद लगाएतका नाराहरु प्रदर्शनमा लगाइएको छ । पाँचदलिय गठबन्धनको आव्हानमा नेपाल बन्दको आव्हान गरिएको र सबै पार्टीका कार्यकर्ताहरु र्‍यालीमा जोडिने क्रम जारी भएको नेकपा एकिकृत (समाजबादी) युवा संघ नेपाल कर्णालीका अध्यक्ष अनिल बोगटीले जानकारी दिए ।

उनले एकिकृत समाजबादी कुनैपनि हालतमा एम.सि.सिसँगको सम्झौताको विरोधमा रहेको र यसको विरोधमा पार्टीले निरन्तर संघर्ष गर्ने बताए ।

आज मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका कम्युनिष्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेकाले सडकमा सुरक्षाकर्मीको परिचालन बढाइएको हो ।

सुर्खेतमा पनि नेपाल प्रहरी र शसस्त्र प्रहरीले सडकहरुमा सुरक्षा दिईरहेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लामो दुरीमा स्कटिङ गरेर नागरिकहरुलाई गन्तव्यमा पठाउने गरिरहेको जनाएको छ ।