
सुर्खेत । प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर जनिथलाल सिंह घाइते भएका छन् । शुक्रवार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट डा. सिंह घाइते भएका हुन् ।
सङ्घीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पतालबाहिर हिँडिरहेका सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए । उनको टाउकोमा चोट लागेको छ ।
घटनाबारे जानकारी लिन वीर अस्पताल व्यवस्थापन र प्रहरी अधिकारीहरूबीच छलफल भइरहेको बताइएको छ ।

फरकबाटो २७ माघ २०७९, शुक्रबार २१:२३