सुर्खेत । प्रतिनिधि सभातर्फ समानुपातिकमा १० राजनीतिक दलले पाँच हजार मत समेत कटाउन सकेका छैनन् । समानुपातिकतर्फ पाँच हजार मत नकटाउनेमा विवेकशील साझा पार्टी पहिलो नम्बरमा छ । निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार विवेकशील साझाले ४ हजार ३९ मत पाएको छ ।
यस्तै एकीकृत शक्ति नेपालले ३ हजार ७ सय ७६ मत पाएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ३ हजार ६ सय ९४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ३ हजार ४ सय ४ मत, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले ३ हजार ३ सय ३२, मौलिक जरोकिलो पार्टीले ३ हजार २ सय ३५, नेपाल समावेशी पार्टीले २ हजार ९ सय ५२, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले २ हजार १ सय ९१, राष्ट्रिय नागरिक पार्टी २ हजार १ सय ४३, नेश्नलिष्ट पिपल्स पार्टीले २ हजार १५ मत ल्याएको छ ।
देशभर १ करोड ४ लाख २० हजार १ सय २५ मतगणना हुँदा नेकपा एमालेले सबैभन्दा बढी मत ल्याएको छ । उसले २७ लाख ८८ हजार ३सय ५६ मत ल्याएको हो । यस्तै नेपाली कांग्रेसले २६ लाख ६० हजार २ सय ४६ ल्याउँदा नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार १ सय २४ मत ल्याएको छ ।
फरकबाटो १८ मंसिर २०७९, आईतवार २०:२९