कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त २० वर्षपछि पक्राउ

सुर्खेत । आफ्नै श्रीमतीलाई हत्या गरि फरार रहेका वीरेन्द्रनगर १० बुदबुदेटोल सुर्खेतका धनराज सिंहलाई प्रहरीले पक्राउ गरेको छ । महावु गाउँपालिका ३ कालिकोट स्थायी घरभएका ४५ वर्षीय सिंहले २०५८/४/२८ गते श्रीमतीलाई हत्या गरेका थिए ।

श्रीमतीको हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालत सुर्खेतले सिंहलाई २०५८/५/१४ गते पुर्पक्षका लागि कारागार कार्यालय सुर्खेतमा पठाएको थियो । तर उनी २०५८/१०/२ गते कारागार कार्यालयबाट सुरुङ् खनी भागेका थिए ।

उनलाई २०६५/८/१३ गते २० वर्षको कैद सजाय तोकिएको थियो । अदालतबाट २० वर्षको सजाय तोकिएपनि उनी फरारनै रहेको थिए । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोलीले सिंहलाई सोमबार पक्राउ गरि जिल्ला अदालत सुर्खेतमा पेश गरेको कार्यालयले जानकारी दिएको छ ।