रुकुम पश्चिम । चिसोले कठ्याङ्ग्रिएर रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ का ५२ वर्षका बिने बटालाको चिसोले कठ्याङ्ग्रिएर मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।

आज बिहान आफ्नै घर पछाडि बटाला मृत अवस्थामा फेला पर्नु भएको शर्माले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

फरकबाटो २४ माघ २०७८, सोमबार १५:०४