सुर्खेत । गतशुक्रवारयताका चार दिनमा वर्षाजन्य विपद्मा परेर दुई सय जनाको ज्यान गएको छ ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार गत शुक्रवारदेखि आजसम्म विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानमा परेर दुई सय जनाको ज्यान गएको छ । अझै २६ जना हराइरहेका छन् । एक सय २७ जना घाइते भएका प्रहरीले जनाएको छ ।
यस्तै विभिन्न ठाउँमा जोखिममा परेका र अलपत्र परेका चार हजार दुई सय जना २२ जनाको उद्धार गरिएको पनि प्रहरीले जनाएको छ । बाढी पहिरोमा परेर अहिलेसम्म १३ सय २७ वटा घर बगेका छन् ।
यस्तै पाँच वटा पक्की पुल र तीन वटा बेलिब्रिजसहित १९ वटा पुल पनि बगेका प्रहरीले जनाएको छ । बाढी पहिरो प्रभावित कतिपय ठाउँमा अझै पनि सञ्चार सम्पर्क हुन नसकेकाले क्षतिको विवरण आउन नसकेको पनि प्रहरीले जनाएको छ ।
फरकबाटो १३ आश्विन २०८१, सोमबार १९:४९