१०औँ राष्ट्रिय खेलकुदको कार्यविधिबारे छलफल अगाडि बढ्यो


सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको कार्यविधिबारे छलफल अघि बढेको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङको टोलीले आज खेलकुद मन्त्रालयमा कार्यविधिबारे छलफल गरी अन्तिम टुङ्गो लगाउने प्रक्रिया अगाडि बढाएको हो ।

१०औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशको सुर्खेतमा हुँदैछ । प्रतियोगिताको एक सय दिनको काउन्टडाउन शुरू भइसकेको छ । गएको शनिवार कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश रङ्गशालामा लोगो र मस्कटसहित सय दिनको काउन्टडाउन सार्वजनिक गरेको हो ।