नेप्से फेरि २ हजार अङ्कभन्दा तल झर्‍याे

काठमाण्डाै । शेयर बजार परिसूचक नेप्से फेरि दुई हजार अङ्कभन्दा तल झरेकाे छ । आज शुक्रवार ३४ दशमलव ७० अङ्कले घटेर एक हजार नाै सय ९२ दशमलव ६२ अङ्कमा झरेकाे छ ।

सबै समूहकाे शेयर घटेकाेमा बीमा, उत्पादन, हाेटल तथा पर्यटन, विकास बैंक, व्यापार, माइक्राेफाइनान्स र जलविद्युत् समूहकाे शेयर उच्च अङ्कले ओरालाे लागेकाे छ ।

दुई सय १७ वटा कम्पनीकाे ३० लाख ६३ हजार कित्ता शेयर एक अर्ब १६ कराेड रुपैयाँमा काराेबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमन्ट्सकाे पाँच कराेड ५९ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।

आज हिमालयन ऊर्जा विकास कम्पनीकाे शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेकाे छ । समग्र बजार घटे पनि ग्लाेबल आईएमई समुन्नत याेजना १ काे शेयर साढे दुई प्रतिशतभन्दा धेरैले बढेकाे छ ।