१४ सांसदलाई नहटाएसम्म संसद् चल्न नदिने एमालेको अडान

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १४ सांसद रहेसम्म संसद् चल्न नसक्ने अडान दोहो¥याएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार भएको छलफलमा एमाले अध्यक्ष ओलीले अहिले एकीकृत समाजवादी दलको नाममा १४ जना गैरसांसदलाई राखेर संसद् चल्न नसक्ने अडान दोहो¥याएका हुन् ।

यदि १४ सांसद नहटाउने हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपर्ने माग पनि ओलीले राखेको छलफलमा सहभागी एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए ।

एमालेको अवरोधका कारण सङ्घीय संसद्को बैठक लामो समयदेखि नियमित कार्यसूचीमा नै प्रवेश गर्न पाएको छैन ।