राष्ट्रिय सभा सदस्यका लागि कर्णालीमा एमालेका तीन जनाले उम्मेदवारी दर्ता गराए

सुर्खेत । कर्णाली प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि एमालेका तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

खुलाबाट सुर्खेतका चुडामणी शर्मा, महिलाबाट जुम्लाकी गंगा महत र अल्पसंख्यकबाट दैलेखका पदमबहादुर माझीले उम्मेदवारी दर्ता गराएका हुन् ।

माघ १२ गते हुने निर्वाचनमा कर्णालीमा तीन दलीय गठबन्धन र एमालेबिच प्रतिष्पर्धा हुँदैछ । कर्णालीमा एक महिला, अन्य एक र अपाङ्गता/अल्पसङ्ख्यक कोटामा गरी तीन सदस्यका लागि निर्वाचन हुँदैछ । कर्णालीमा महिलाबाट कविता बोगटी, अपाङ्गताबाट जीवन बुढा र अन्यबाट ठगेन्द्रप्रकाश पुरीको पदावधि सकिँदैछ ।